Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

  • काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकको करिब ४० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक समूहको ३९ हजार १६२ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमा संस्थापक सेयरधनी ललिता थापाको २९ हजार १६२ कित्ता र अम्बरबहादुर थापाको १० हजार कित्ता सेयर छन् । 

    images
    images
    images

    ललिता थापाको नाममा रहेको सेयर बिक्रीका लागि यसअघि ३५ दिने सूचना प्रकाशित भएकोमा संस्थापक सेयरधनीहरुबाट कुनै खरिद आवेदन परेको थिएन । त्यसैले अब यो सेयरमा संस्थापक सेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्नेछन् । 

    उता अम्बरबहादुर थापाको सेयरमा भने विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन पाउनेछन् ।

    यी दुवै संस्थापकको सेयर खरिदका लागि ३५ दिनको अवधि दिइएको छ । इच्छुक लगानीकर्ताले तोकिएको अवधिमा सुनसरीको धरानस्थित बैंकको केन्द्रीय कार्यालय वा धितोपत्र सेयर रजिस्ट्रार प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा खरिद आवेदन सक्नेछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij