
Apr 22 2025 | २०८२, वैशाख ९ गते
सुडानको राजधानी खार्तुममा भएको हवाई हमलामा १७ जना सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा ५ जना बालबालिका पनि रहेका छन् । यस हमलामा यरमौक जिल्लामाको २५ वटा घर नष्ट भएका छन् ।
सेनाका एक शीर्ष जनरलले एक दिनअघि अर्धसैनिक र्यापिड सपोर्ट फोर्सविरुद्ध हमला तीव्र गर्ने चेतावनी दिएका थिए । जुन महिनाको सुरुवातमा आरएसएफले यरमौकमा पूर्ण नियन्त्रणको दाबी गरेको थियो ।
पछिल्लो दुई महिनादेखि सुडानमा सेना र आरएसएफबीच लडाइँ चलिरहेको छ । यस द्वन्द्वमा १ हजारभन्दा धेरै मानिस मारिएका छन् । २० लाखभन्दा मानिस सुडानभित्र विस्थापित भएको संयुक्त राष्ट्रले जनाएको छ । त्यस्तै ५ लाखभन्दा बढी मानिस देश छाडेर छिमेकी देशमा शरण लिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij