
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । देशको पूर्वी तथा मध्य भागमा मनसुनीको प्रभाव रहेको छ । बाँकी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
आज कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा सामान्य मौसम सामान्य बदली रहने छ ।
यसको साथै देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू–भागका साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका तराई भू–भागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij