
Apr 18 2025 | २०८२, वैशाख ५ गते
ललितपुर । ललितपुरको लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बस अनियन्त्रित हुँदा दुर्घटना भएको छ । लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस बिहान महालक्ष्मी नगरपालिका बाहुनधारामा दुर्घटना भएको हो ।
अनियन्त्रित भई बस सडकमै पल्टिंदा चालकसहित केही व्यक्ति घाइते भएको इमाडोल प्रहरी प्रभागले जानकारी दिएको छ । प्रहरीका अनुसार बसमा २४ जना सवार थिए । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पतालमा पुर्याइएको छ ।
तस्वीर सौजन्य : दिपक अर्याल/खोजमिशन
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij