Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने(मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली बमोजिम सिटिजन्स बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी बैंकसँग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको हो। समितिका संयोजक प्रवल जंग पाण्डे र डेभलपमेण्ट बैंकका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका हुन्।
पुस २२ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १२४ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १०२ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ ।सहमति अनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९६ कित्ता शेयर पाउनेछन् ।सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij