Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

पहिरोले भट्टेडाँडा र सिस्नेरी दुई राजमार्ग अवरुद्ध

पहिरोले भट्टेडाँडा र सिस्नेरी दुई राजमार्ग अवरुद्ध

  • काठमाडौं । राजधानी काठमाडौंलाई जोड्न कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने दुई राजमार्ग अवरुद्ध भएका हुन् ।

    images
    images
    images

    बुधबार रातीको अविरल झरीपछि गएको पहिरोले राजमार्ग अवरुद्ध भएका हुन् । ललितपुरको भट्टेडाँडामा गएको पहिरोले कान्ति लोकपथ र मकवानपुरको इन्द्रसरोवरस्थित सिस्नेरीमा गएको पहिरोले कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको हो ।

    सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।  दुवै सडकमा पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij