Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

घरायसी विवादमा श्रीमतीको हत्या

घरायसी विवादमा श्रीमतीको हत्या


  • काठमाडौं । तनहुँमा विवाह गरेको एक महिनामै युवकले श्रीमतीको हत्या गरेका छन् । दमौली बजार नजिक रहेको चिहानडाँडामा बोराभित्र शव भेटिएपछि अनुसन्धान गर्दै जाँदा उनकै श्रीमानले हत्या गरेको खुलेको हो ।

    images
    images
    images

    व्यास ४ स्थित चिहानडाँडामा मनोज विष्टले श्रीमती रंगीला भुजेलको हत्या गरेको स्वीकार गरेका छन् । श्रीमान् श्रीमतीको विवाद भएपछि मनोजले रंगिलाको टाउकोमा हानेका थिए । हत्या गरेपछि कोठाभन्दा करिब ५ सय टाढा नालामा भित्र शव फालेको उनले प्रहरीलाई बयान दिएका छन् । 

    उनीहरूको गत बैशाखमा बिहे भएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ । मनोजलाई कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान थालिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij