Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

आजको मौसमः देशका केही स्थानमा वर्षाको सम्भावना 

आजको मौसमः देशका केही स्थानमा वर्षाको सम्भावना 

  • काठमाडौं । बुधबार देशका केही स्थानमा वर्षाको सम्भावना छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र मधेश प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । 
     
    बिहान कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षा भइरहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    images
    images
    images

    महाशाखाका अनुसार मध्य तथा पश्चिम तराईका भू–भागमा भने अत्यधिक गर्मी हुने सम्भावना कायमै रहेको छ । मनसुन भित्रिन बाँकी रहेका कारण तापक्रम घट्न नसकेको मौसमविद्ले जनाएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij