
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेपालका लागि पाकिस्तान र कोरियाका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तानका आवासीय राजदूत अब्रार हुसेन हास्मी र गणतन्त्र कोरियाका आवासीय राजदूत पार्क ताइयोङले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाण पत्र पेश गरेका छन् ।
समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सहभागी थिए । काठमाडौंस्थित होटल रेडिसनदेखि राष्ट्रपति भवनसम्म नवनियुक्त राजदूतहरूलाई रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij