
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । राजधानीको सुन्धारास्थित काठमाडौं मलमा आगलागी भएको छ । मलभित्रको हाई भोल्टेज जेनेरेटरबाट आगो शुरु भएको थियो । आगो तत्काल निभाइएकाले ठूलो दुर्घटना भने नभएको बताइएको छ ।
४०० केभीको उक्त जेनेरेटरमा सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यस अवधिमा नजिकैको सेनाको रणभैरव गणको टोली घटनास्थल पुगेको थियो ।
झण्डै एक घण्टापछि जमदार गोविन्द कार्कीको कमाण्डमा गएको नौ सदस्यीय टोली, स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् । प्रहरीले जेनेरेटरबाहेक अरुमा क्षति नपुगेको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij