
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई छलफलमा बोलाउने संसदको अर्थ समितिले निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले राष्ट्र बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठेकाले छलफलका लागि गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमाललाई बोलाउने निर्णय गरेको हो ।
यसअघि बैठकमा घोराही सिमेन्टको आईपीओका विषयमा प्रश्न उठाउँदै सांसद नारायणी शर्माले धितोपत्र बोर्डका अध्यक्षलाई बोलाएर जवाफ लिनुपर्नेमा माग गरेकी थिइन् ।
यस्तै बैंकको कार्यक्षमतामा सांसद ज्ञानेन्द्र शाही, पूर्णबहादुर तामाङसमेतले प्रश्न उठाएरपछि गभर्नर अधिकारीलाई बोलाएर छलफल गर्ने समितिले निर्णय गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij