
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । कारोबारको पहिलो दिन शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । आज ३९ अंकले बढेर नेप्से परिसूचक १९७८ को विन्दुमा कायम भएको छ ।
लगानीकर्ताहरुले माग राख्दै आइरहेको पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने माग सम्बोधन भएपछि पुँजीबजारमा एकाएक सुधार देखिन थालेको हो । आज २७५ कम्पनीको ९४ लाख २६ हजार ६४६ कित्ता शेयर किनबेच भएको छ भने ३ अर्ब ४१ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आज नेप्सेमा रहेका १३ वटै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक फाइनान्स इन्डेक्स ५.७२ प्रतिशत र लगानी इन्डेक्स ५.११ प्रतिशतले बृद्धि भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij