
Jul 03 2025 | २०८२, असार १९ गते
ओपनएआईले नेपालमा पनि च्याटजीपीटीको मोबाइल एप उपलब्ध गराएको छ । विश्वभर हालसम्म ५० भन्दा बढी देशमा प्रयोग हुँदै आएको च्याटजीपीटीको मोबाइल एप नेपालभित्रका आईफोन प्रयोगकर्ताले मात्र प्रयोग गर्न सक्नेछन् । एन्ड्रोइडमा पनि चाँडै नै उपलब्ध गराउने कम्पनीको योजना छ ।
हाललाई उपलब्ध एपमा निःशुल्क र सशुल्क दुवै भर्सन उपलब्ध गरिएको छ। यो एप सार्वजनिक हुनभन्दा अगाडि प्ले स्टोर र एप स्टोरमा च्याटजीपीटी जस्तै देखिने धेरै नक्कली एपहरूले बजार कब्जा गरेको थियो ।
कम्पनीका अनुसार वेब र मोबाइल एप दुबैमा भएको कुराकानी लिंक गर्न मिल्ने फिचर सहित यो एप सार्वजनिक भएको छ । यसमा आवाज र टेक्स्ट दुवैका माध्यमबाट च्याटजीपीटीसँग कुरा गर्न मिल्छ ।
कम्पनीले हाल यसमा दुई नयाँ फिचर पनि थप गरेको छ । अब प्रयोगकर्ताले आईफोनको भ्वाइस असिस्टेन्ट सिरिमार्फत च्याटजीपीटी ओपन गर्न सक्नेछन् । साथै प्रयोगकर्ताले सर्टकट्समा च्याटजीपीटी इन्ट्रिगेट गरेर पनि प्रयोग गर्न सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij