Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

केबलकारको टिकट किन्दा ग्लोबल आइएमईका ग्राहकलाई १० प्रतिशत छुट

केबलकारको टिकट किन्दा ग्लोबल आइएमईका ग्राहकलाई १० प्रतिशत छुट

  • काठमाडौँ । लुम्बिनी केबलकारको टिकट किन्दा ग्लोबल आइएमई बैंकका ग्राहकहरुले १० प्रतिशत क्यासब्याक पाउने भएका छन् ।

    images
    images
    images

    बैंकको मोबाइल एपबाट टिकट किन्दा उक्त छुट पाइने बैंकले जनाएको छ । बुटवलमा बनेको लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना बैंकले सार्वजनिक गरेको हो ।

    यो योजनाअन्तर्गत बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा, डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पोस मेसिनबाट टिकट किन्दा १० प्रतिशत तथा अधिकतम एक सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । बैंकका अनुसार यो योजना सीमित अवधिको लागि लागू हुनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij