Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

विदेशबाट फर्किएका माओवादीहरुको कोटेश्वरमा भेला

विदेशबाट फर्किएका माओवादीहरुको कोटेश्वरमा भेला

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको कान्छो जनसंगठन रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेला शुरु भएको छ । कोटेश्वरस्थित होटल ए वान भेन्युमा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्धघाटन गर्नुभएको हो ।

    images
    images
    images

    भेलामा माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, सचिव देवेन्द्र पौडेल, कोषाध्यक्ष श्रीराम ढकाल, युवा परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेत लगायत सहभागी छन् । माओवादी केन्द्र मधेस प्रदेशका नेता गणेश शाह, बाग्मतीका अध्यक्ष सरल सहयात्री, लुम्बिनी अध्यक्ष सुदर्सन बराल र कोशी प्रदेश कमिटीका अध्यक्ष हर्कबहादुर नेम्वाङ पनि भेलामा सहभागी छन् । 

    विदेशबाट फर्किएर आएका युवाहरुलाई संगठित गर्ने उदेश्यले माओवादीले रिटर्नी सेन्टरका नाममा भातृ संगठन बनाएको हो । भेलामा देशैभरबाट प्रतिनिधि र प्रयवेक्षक सहभागी भएको आयोजकले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij