
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट प्रदान गरेको छ । समयमै बीमाशुल्क भुक्तानी नगरी व्यतीत भएका बीमालेखहरूमा यही जेठ २८ गतेसम्म नवीकरण गराउँदा विलम्ब शुल्कमा छुट प्रदान गरेको हो ।
कम्पनीले विलम्ब शुल्कमा ३५ प्रतिशत छुटको व्यवस्था गरिएको जनाएको छ । छुट सुविधाको सदुपयोग गरी आफ्नो बीमालेख समयमै सक्रिय बनाई ढुक्क रहन कम्पनीले आग्रह गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij