Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका टोपबहादुर रायमाझी र छोरा सन्दीपका वकिलले शुक्रबार बहस गर्ने भएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाइ यस प्रकरणमा अभियोगपत्र दायर गरिएको छ ।
त्यस्तै १२ जना भने अझै फरार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । हालसम्म पक्राउ परेका १८ जना मध्ये ६ जनाको बयान सकिएको छ भने बाँकीको बयान हुने क्रममा छ । गत वैशाख ३१ गते टोपबहादुर पक्राउ परेका हुन् भने उनका छोरा सन्दीप वैशाख २२ गते पक्राउ परेका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij