
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समवेदना व्यक्त गरेका छन् ।
आज प्रधानमन्त्री दाहालले रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित भुसालको निवासमा पुगेर उहाँप्रति श्रद्धासुमन अर्पण गरेका हुन् । शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गर्दै उनले धैर्यधारणका लागि अपिलसमेत गरेका छन् ।
यही जेठ २१ गते ९६ वर्षको उमेरमा भुसालको निधन भएको थियो । उनी लामो समयसम्म सामाजिक तथा राजनीतिक व्यक्तित्वका रुपमा क्रियाशील थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij