
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । देशभरका करिब छ हजार वडा कार्यालयमा इन्टरनेट जडान सम्पन्न भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी देशका पाँच हजार ९३३ वडा कार्यालयहरूमा ब्रोडब्यान्ड इन्टरनेट जडान सम्पन्न गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
कोषमार्फत उपलब्ध गराउने १८ ओटा प्याकेजहरू मार्फत ७४ जिल्लाहरूका तोकिए बमोजिमका वडा कार्यालयहरूमा प्राधिकरणले इन्टरनेट जडान गरेको हो । यसका साथै हालसम्म ७०८ स्थानीय कार्यालय, पाँच हजार ३१८ सामुदायिक माध्यमिक विद्यालय र चार हजार २४९ सामुदायिक स्वास्थ्य संस्था/अस्पतालमा ब्रोडब्यान्ड जडान सम्पन्न भएका छन् ।
हालसम्म कूल १६ हजार २०८ स्थानमा ब्रोडब्यान्ड जडान भएको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणका अनुसार सम्पन्न भएका परियोजनाहरु मध्ये हालसम्म १४ ओटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको कार्य सम्पन्न भइसकेको र चार ओटा परियोजनाको तेस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij