Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया

कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया

  • काठमाडाैं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले मोती बिन्दुको शल्यक्रिया गराएका छन् । उनले सोमबार तिलगंगा अस्पतालमा दाहिने आँखाको शल्यक्रिया गरेका हुन् । शल्यक्रिया सफल भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

    images
    images
    images

    कलाकार श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मोती बिन्दुको शल्यक्रियामा आफ्नै देशको तिलगंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउँदा मलाई गर्व महसुस भएको छ ।’

    श्रेष्ठले आफ्नो शल्यक्रिया गर्ने डा.सन्दुक रुईत, डा.रीता गुरुङ, गोविन्द पौडेललगायत सम्पूर्ण टिमलाई धन्यवाद समेत दिएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij