गुरुङ ड्राइभर पेसाका लागि साउदी पुगी पहिलो ३ महिना पूर्वसम्झौताअनुसारको कम्पनीमा काम गरेर भागेका थिए । अर्को कम्पनीमा उही काम गरिरहेका उनी गत अक्टोबरमा गाडी चलाउने क्रममा दुर्घटनामा परेका थिए ।
क्षतिपूर्ति स्वरूप पीडित पक्षले ५० देखि ६० हजार साउदी रियल दाबी गरेको थियो । सोही कारण उनी जेल परेका थिए । पीडित पक्षले उनलाई केही रकम छुट दिएपछि उनी २० हजार रियल तिरेर रिहा भएका थिए ।
गुरुङ प्रवासीहरुको झापाली समाजका सचिव रविन गिरीको सम्पर्कमा पुगेका थिए । आफन्त र अलमराई नेपाली टिम अल खर्जमा कार्यरत नेपालीबाट सहयोग उठेको रकम उनले क्षतिपूर्ति तिरेका थिए ।