Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

पाल्पामा जिप दुर्घटनाः ५ जनाको मृत्यु

पाल्पामा जिप दुर्घटनाः ५ जनाको मृत्यु

  • काठमाडाैं । पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा एक दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    images
    images
    images

    अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो । अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, का २ वर्षीय बालक संयोग गौतम र पाणिनी-१ का ४४ वर्षीय विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा तीन जनाको मृत्यु भएको थियो । घटनास्थलमा मृत्यु हुनेहरुमा अर्घाखाँचीको पाणिनी-१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी-२ पोखराथोककी २५ वर्षीया सीता गौतम छन् ।

    रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा १० जना घाइते छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij