
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संकल्प प्रस्ताव दर्ता गराएका छन् । प्रि–मनसुन र डेंगुलगायतको महामारी नियन्त्रणको पूर्वतयारीको माग गर्दै श्रेष्ठले संसद सचिवालयमा संकल्प प्रस्ताव पेश गरेका हुन् ।
डेंगू रोगले महामारीको रुप लिनसक्ने प्रवल सम्भावना रहेको, विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि जोखिमको सूचीमा राखेको उल्लेख गर्दै पूर्वतयारी गर्नुपर्ने उल्लेख गरेका छन् । उनले डेंगू रोग सम्बन्घि व्यापक जनचेतना जगाउनको लागि प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न समेत माग गरेका छन् ।
जेठेको पहिलो हप्तामा नै सुरु भएको प्रि मनसुनले सबैलाई झस्काएको उल्लेख गर्दै श्रेष्ठले सम्भावित महामारीपूर्व नै सावधानीको व्यवस्था गर्न माग गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij