Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

समितिको निर्देशन पालना गरे/नगरेको कडाइका साथ अनुगमन गरिने

समितिको निर्देशन पालना गरे/नगरेको कडाइका साथ अनुगमन गरिने

  • काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको कार्यविधि पास गरिएको छ । आइतबार बिहान बसेको समितिको १० दलीय सदस्यसहितको बैठकले कार्यविधि पास गरेको हो । 

    images
    images
    images

    बैठकको निर्णयबाट दिइएको निर्देशन सम्बन्धित निकायले पालना गरे/नगरेको कडाइका साथ अनुगमन तथा मूल्यांकन गर्ने कार्यविधिमा उल्लेख छ ।

    समिति सदस्य बद्रीप्रसाद पाण्डेले सम्बन्धित निकायमा पुगेरै उपसमितिहरूले अनुगमन गर्ने तथा बैठकमा बोलाएर समेत जवाफ मागिने  बताए । त्यस्तै लगातार पाँचवटा बैठकमा अनुपस्थित रहने सदस्यलाई समितिबाट हटाउन सभापतिले सिफारिस गर्ने पनि कार्यविधिमा उल्लेख छ । 

    पाण्डेले यो व्यवस्थालाई समेत कडाइँका साथ पालना गरिने बताए । प्रत्येक १५ दिनमा एक पटक समितिको बैठक बस्नेछ । उपस्थिति यकिन गर्न बैठकमा विद्युतीय हाजिरीको प्रस्ताव कार्यविधिले गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij