Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

भारतीय माओवादी नेताको मृत्यु

भारतीय माओवादी नेताको मृत्यु

  • काठमाडौं । भारतीय माओवादी नेता कट्टम सुदर्शनको मृत्यु भएको छ । माओवादीको केन्द्रीय कमिटीका प्रवक्ता अभयले एक प्रेस नोट जारी गर्दै आफ्नो सङ्गठनको केन्द्रीय कमिटी र पोलिट ब्युरो सदस्य सुदर्शनको हृदयाघात भएका कारण मृत्यु भएको जानकारी दिए । 

    images
    images
    images

    कट्टम सुदर्शनमाथि १.५५ करोड भारु इनाम तोकिएको थियो । सिपिआई माओवादीको दोस्रो तहको हैसियत राख्ने कट्टम सुदर्शन माओवादी सङ्गठनमा आनन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन टेकाम, सुदर्शन, रमेश, महेश र एएनको नामबाट पनि चिनिन्थ्यो ।
    तेलंगानाको आदिलाबादमा बस्ने लगभग ६६ वर्षका कट्टम सुदर्शनमाथि देशको विभिन्न देशमा भएको माओवादी हमलामा समावेश भएको आरोप छ ।
    प्रहरीका अनुसार सन् १९७४ मा माओवादी आन्दोलनमा सक्रिय कट्टम सुदर्शनमाथि छत्तीसगढमा भाजपा विधायक भिमा मंडावीको हत्यामा समावेश भएको आरोप पनि छ । भारतको नेशनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए) ले यसका लागि सुदर्शनमाथि १० लाख भारुको इनाम घोषणा गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij