Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मलेसियाविरुद्ध शृखंला जित्न नेपाललाई ११० रनको लक्ष्य

मलेसियाविरुद्ध शृखंला जित्न नेपाललाई ११० रनको लक्ष्य

  • काठमाडौं । मलेसियाविरुद्धको महिला टी-२० शृखंला जित्न नेपालले ११० रनको लक्ष्य पाएको छ । शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम-वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १०९ रन बनाएको हो ।

    images
    images
    images

    यसअघिको चार खेलमा नेपाल र मलेसियाले २-२ खेल जितेकोले आजको खेल जित्ने टिमले शृखंला जित्नेछ । मलेसियाको लागि ओपनर वान जुलियाले सर्वाधिक ४७ रन बनाइन् । विनफ्रेड दुराइसिंगमले २४ र माहिरा इजातीले २० रन बनाइन् ।

    पहिलो विकेटका लागि वान जुलिया र विनफ्रेड दुराइसिंगमले ३८ रनको साझेदारी गरेका थिए । नेपालकी कविता जोशीले आठौं ओभरमा विनफ्रेडलाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडिन् । त्यही ओभरमा कप्तान मास एलिसालाई कविताले जोशीले एलबीडब्लु आउट गरिन् ।

    त्यसपछि वान जुलिया र माहिरा इजातीले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । इश्वरी विष्टले १९औं ओभरमा माहिरालाई आउट गर्दै यो साझेदारी तोडिन् ।

    अन्तिम ओभरमा मलेसियाका दुई खेलाडी रनआउट भए । नेपालको लागि कविता जोशीले ४ ओभरमा १२ रन मात्र खर्चिएर २ विकेट लिए । ईश्वरीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij