Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

ओडिशामा रेल दुर्घटना

ओडिशामा रेल दुर्घटना

  • काठमाडौं । ओडिशाको बालासोरमा भएको दर्दनाक दुर्घटनाले सबैलाई असह्य बनाएको छ । प्राप्त जानकारी अनुसार अहिलेसम्म २ सय ८३ भन्दा बढीको मृत्यु भइसकेको छ भने १ हजार भन्दा बढी घाइतेको खबर आइरहेको छन् । 

    images
    images
    images

    भारतीय रेलवेका प्रवक्ता अमिताभ शर्माले यस रुटमा आर्मर सिस्टम उपलब्ध नभएकाले सम्भावित दुर्घटनाबाट बचाउन नसकिएको बताएका छन् । यो दुर्घटनापछि फेरि कबच चर्चामा आएको छ । किनभने, रेल मन्त्रालयले गत वर्ष कवाच प्रविधिको परीक्षण गरेको थियो ।

    यो प्रविधिले शून्य दुर्घटनाको लक्ष्य हासिल गर्न मद्दत गर्ने रेलवेको दाबी छ । यसबाट सिग्नल जम्प गर्दा ट्रेन स्वतः रोकिनेछ । तर, यो प्रविधि देशभर जडान गरे पछि ५० लाख रुपैयाँ प्रतिकिलोमिटर लाग्नेछ, त्यसैले यो महँगो पनि छ ।

     जानकारीका अनुसार यो प्रणालीले हेड अन कोलिजन, रियर एन्ड कोलिजन र सिग्नल ह्याजार्ड जस्ता तीन अवस्थामा काम गर्छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij