Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भ्रष्टाचार मुद्दामा चुडामणिसहित ३ पदाधिकारी दोषी ठहर

भ्रष्टाचार मुद्दामा चुडामणिसहित ३ पदाधिकारी दोषी ठहर

  • काठमाडाैं । कर फर्छ्योट आयोगको भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित आयोगका ३ पदाधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा शर्मासहित आयोगका ३ पदाधिकारीलाई दोषी ठहर गरिएको हो ।

    images
    images
    images

    शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल दोषि ठहरिएका हुन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आज गरेको फैसलामा आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिँदा भ्रष्टाचार गरेको ठहर्याएको छ ।

    विशेष अदालतका उपरजिस्ट्रार एवम् प्रवक्ता दिपेन्द्रनाथ योगीले उनीहरुको सजाय निर्धारणका लागि २५ गते पेशी तोकिएको जानकारी दिए । गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा भने चुडामणीले सफाइ पाएका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij