
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । काठमाडौँको गोगंबुबाट दुई जना पाकेटमारा पक्राउ भएका छन् ।
तनहुँ बन्दीपुर गाउँपालिका–५ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–८ बानियाँटार बस्ने ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोक बलिफी गाउँपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ बस्ने २९ वर्षीय आशिष ठकुरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले सार्वजनिक यातायातमा सवार एकजना पीडितको साथबाट नगद ३४ हजार रुपैयाँ पाकेटमार गरी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij