Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

घरबेटीलाई बेहोस बनाएर नगद र गहना लुटपाट 

घरबेटीलाई बेहोस बनाएर नगद र गहना लुटपाट 

  • काठमाडौं । कञ्चनपुरमा घरबेटीलाई बेहोस बनाई गरगहनासहित नगद चोरी भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरियामा खगेश्वरी प्वालीको परिवारका सदस्यलाई नसालु पदार्थ सेवन गराएर चोरी भएको हो ।

    images
    images
    images

    दुई दिनअघि मात्रै कोठा भाडामा लिएर बसेका उनीहरुले भारतमा रहेको घरमा छोरा जन्मिएको भन्दै घरबेटीसहित सबैलाई लड्डु र पेयपदार्थ खुवाएर बहोस बनाएर लुटपाट गरेका हुन् । १० आनाको तिलहरीसहित नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले  जनाएकछ ।

    डीएसपी डाँगीका अनुसार पेयपदार्थ सेवनपछि खगेश्वरीसहित परिवारका ८ जना बेहोस भएका थिए । बेहोस भएकाहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । चोरीमा संलग्न रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएका छन ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij