
Apr 28 2025 | २०८२, वैशाख १५ गते
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
च्यासल मैदानमा दिउँसो ३ बजे फ्रेण्ड्स क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै सोही समयमा दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
रंगशालामै साँझ ६ बजे हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij