Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

झलनाथ खनाललाई अभद्र व्यवहार गर्ने ९ जना पक्राउ

झलनाथ खनाललाई अभद्र व्यवहार गर्ने ९ जना पक्राउ

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सार्वजनिक कार्यक्रममै मञ्चबाट अभद्र व्यवहार गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    मंगलबार अनामनगरमा आयोजित एक कार्यक्रममा सन्तोष राजावादीलगायत केही व्यक्तिले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई मञ्चबाटै अभद्र व्यवहार गरेका थिए । सिंहदरबार प्रहरी वृत्तमा राजावादीसहित ९ जनालाई पक्राउ गरेर राखिएको प्रहरीले बताएको छ । उनीहरुलाई के विषयमा मुद्दा चलाउने भन्नेबारे निर्णय भने भइसकेको छैन ।

    मंगलबार भारतीय संसद्ले अखण्ड भारतको नक्सामा लुम्बिनीलाई समेटेको विरोधमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री खनाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, सिपी गजुरेललगायत सहभागी थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij