
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । राष्ट्रपतिबाट रेशम चौधरीलाई आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् । उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
सरकारको सिफारिसमा रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । सोहीअनुसार चौधरी सोमबार रिहा भइसकेका छन् । तीनै तहका अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई आजन्म कारावासको सजाय तोकेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij