
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । सूर्योदय वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक समुहको १ लाख ८ हजार कित्ता शेयर संस्थाले लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याएको हो ।
विद्यमान संस्थापक सेयरधनीका साथै जो कोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले उक्त शेयरमा खरिद आवेदन दिन सक्नेछन् । सो शेयरको न्यूनतम मूल्य २३७ रुपैयाँ तोकिएको छ ।
अर्थात बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १ सय कित्ता र अधिकतम माथि उल्लेखित सम्पुर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।
यही जेठ २३ गतेसम्म बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको काठमाण्डौको ट्रेड टावर नेपाल कार्यालयमा शेयर खरिदका लागि आवेदन पेस गर्न सकिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij