
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । संघीय संसद अन्तर्गत पाँच समितिको बैठक आज बस्दैछ । जसमध्ये प्रतिनिधि सभा अन्तर्गतको तीन र राष्ट्रिय सभा अन्तर्गतको दुई समितिको बैठक आज बस्ने भएको हो ।
बिहान ८ बजेबाट प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक सुरु भएको छ । त्यस्तै महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक ११ बजे बस्दैछ । राष्ट्रिय सभा अन्तर्गत विद्यायन व्यवस्थापन समितिको बैठक भने दिउँसो ३ बजे बस्दैछ ।
यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे बस्दैछ । सरकारबाट जारी बजेटका सम्बन्धमा उक्त बैठकमा छलफल हुनेछ । संसद सचिवालयले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण लगायत बिषयगत अन्य मुद्या छलफल हुने जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij