Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सन्दीप लामिछानेविरुद्ध मुद्दाको आज सुनुवाइ

सन्दीप लामिछानेविरुद्ध मुद्दाको आज सुनुवाइ

  • काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको बलात्कार मुद्दाको आज मंगलवार सुनुवाइ हुँदैछ ।

    images
    images
    images

    यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश दिएको थियो । यो मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि उमेर सम्बन्धी विषयको टुङ्गो नलाग्दा सुनुवाइ स्थगित हुँदै आएको छ ।

    नाबालिगलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । बलात्कारको अभियोगमा  उनी विरुद्ध २१ भदौ २०७९ मा प्रहरी वृत गौशलामा जाहेरी परेको थियो । २० असोज २०७९ मा उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij