
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय घुससहित पक्राउ परेका छन् ।
उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पचास हजार घुससहित पक्राउ गरेको हो । अख्तियारका अनुसार उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस लिएको हो ।
अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम पचास हजार रुपैयाँ बिगो कायमगरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij