Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान: जसले प्रहरीप्रतिको आत्मविश्वास बढायो

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान: जसले प्रहरीप्रतिको आत्मविश्वास बढायो

  • नक्कली शरणार्थी प्रकरणको अनुसन्धान कसरी सुरु भयो ?

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा गत वर्ष जेठ १८ मा जाहेरी परेको थियो । त्यसपछि यो विषयमा अनुसन्धान अघि बढेको हो । तथ्य र प्रमाण फेला परेपछि अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएका हौँ । 

    अभियुक्तहरु कसरी पक्राउ परे ?

    यस अपराधमा संलग्न व्यक्तिहरुलाई लामो समयको प्रत्यक्ष निगरानी, अन्य मुख्य अभियुक्तहरुसँगको सम्पर्क र अपराधमा संलग्नता यकिन ग¥यौँ । पछि प्रमाणसमेत एकीकृत गरी गत चैत्र १२ मा त्यसमध्येका तीन जनालाई प्रक्राउ ग¥यौँ । प्रारम्भिक अवस्थामै हामीले यस अपराधको गाम्भीरतालाई मनन गरी अनुसन्धानको बलियो आधारशिला तयार पारेका थियौं । यस्ता गम्भीर प्रकृतिका अपराधविरुद्धको कारबाही प्रहरीप्रतिको विश्वाससँग जोडिने भएकाले पनि प्रभावकारी र सशक्त रुपमा गरिएको हो । यसले प्रहरीप्रतिको आमविश्वाससमेत बढाएको पाएका छौं ।

    गृहमन्त्री र गृह सचिव भइसकेका व्यक्तिलाई नै पक्राउ गर्दा अनुसन्धानमा कत्तिको चुनौती थपियो ?

    तथ्य र प्रमाणका आधारमा कारबाही अघि बढ्ने भएकाले अपराध अनुसन्धानमा व्यक्ति र पदसँग सरोकार हुँदैन । सबैभन्दा महत्वपुर्ण भनेको पीडितलाइ न्याय दिनु हो । अभियुक्तहरुको पक्राउ चुनौतीपूर्ण हुने भएकाले उच्च सतर्कता र संवेदनशीलतासहित कारबाही गरिएको हो ।

    अब यो अनुसन्धान प्रक्रिया यतिमै सकिन्छ कि निरन्तर अघि बढ्छ ?

    थप प्रमाणका आधारमा यसको अनुसन्धान पछि पनि खुला रहन्छ । उपलब्ध प्रमाणका आधारमा पक्राउ परेका प्रतिवादी र अन्य व्यक्तिको हकमा थप कसुरसमेत स्थापित भइ अनुसन्धान र कारबाही हुन्छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीसँगको कुराकानी । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij