
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । वैदेशिक रोजगारीमा स्वीजरल्याण्ड पठाइदिन्छु भन्दै रकम लिएर फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका ४ की पार्वती थापा रहेकी छन् ।
वैदेशिक रोजगारीको लागि स्वीजरल्याण्ड पठाइदिने भन्दै पार्वतीले तुलाराम तारम मगरलाई पटक पटक गरी सात लाख २० हजार लिएर ठगी गरेको आरोप छ । रकम लिई फरार भएपछि तुलारामले वैदेशिक रोजगार विभाग काठमाण्डौमा उजुरी दिएका थिए ।
त्यसपछि विभागले पार्वतीको खोजी गरी पक्राउ गरिदिन भन्दै प्रहरीलाई पत्राचार गरेको थियो । सोही पत्राचारअनुसार पार्वतीलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि विभागमा बुझाएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij