
Apr 18 2025 | २०८२, वैशाख ५ गते
सोमवार राति युक्रेनी सैनिकहरूले युक्रेनसँग सीमा जोडिएको रुसको बेलगोरोद क्षेत्रमा ड्रोनमार्फत बम प्रहार गरेको त्यहाँका गभर्नर भ्याचेस्लाभ ग्लादकोभले बताएका छन् ।
युक्रेनको एक ध्वंसात्मक समूहले यसअघि त्यहाँ छापामार आक्रमण गरेपछि प्रतिआतंकवादी कारवाही चलाइएको थियो । ग्रेभोरोन शहरमा सर्वसाधारणको घरमा बम खसाइएको थियो । उक्त शहर युक्रेनी सीमाबाट सात किलोमिटर टाढा छ । ग्लादकोभले दुईवटा घरमा आगो लागेको तर कोही हताहत नभएको जानकारी दिए ।
सोमवार ग्लादकोभमै युक्रेनी घुसपैठियाहरूले आक्रमण गरी आठजनालाई घाइते बनाएका थिए । त्यसपछि उक्त क्षेत्रमा प्रतिआतंकवादी कारवाही चलाइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij