
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गरी विदेशी वस्तु आयातमा कर वृद्धि तथा प्रतिबन्ध लगाउन माग भएको छ ।
अर्थ मन्त्रालयलाई पत्र लेख्दै एनसी एग्रो टेक इन्डस्ट्रिज प्रालिले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गरी विदेशी वस्तु आयातमा कर वृद्धि तथा प्रतिबन्ध लगाउन माग गरेको हो ।
भन्सार छलेर आउने विदेशी वस्तुहरुसँग स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न समस्या रहेको एनसी एग्रो टेकले बताएको छ । सो पत्रमा कम भन्सार मूल्यमा विदेशी वस्तु आयात हुँदा नेपाली उद्योगहरू मारमा परेको उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij