
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम भएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij