Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ग्लोबल आईएमई बैंकले ऋणीहरुको सम्पत्ति लिलाम गर्दै

ग्लोबल आईएमई बैंकले ऋणीहरुको सम्पत्ति लिलाम गर्दै

  • काठमाडौ । ग्लोबल आईएमई बैंकले धितोमा रहेका ऋणीहरुको सम्पत्ति लिलाम गर्नका लागि सूचना जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    ओभरड्राफ्ट कर्जा लिने काभ्रेकी कल्पना शाही प्रोप्राइटर रहेको रक कस्मेटिक्स, सोलुखुम्बुका राजु राना प्रोप्राइटर काष्ठ मण्डप रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस र ओलढुंगाकी रेखा खत्री प्रोप्राइटर रहेको लामा कार्की किराना पसलको धितो बैंकले लिलाम गर्न लागेको हो ।

    AGNI GROUP

    कर्जा लिँदा लिखित तथा सम्झौता बमोजिम समयमा तिर्नुपर्ने साँवा, ब्याज, पेनाल ब्याज तथा अन्य दस्तुर भुक्तान गर्न पटक पटक ताकेता गर्दा समेत चुक्ता नगरेकाले आज एक सूचना जारी गर्दै बैंकले सुरक्षणमा राखिएको सम्पत्ति लिलाम बिक्री गर्नका लागि ७ दिने शिलबन्दी बोलपत्र आह्वान गरिएको जनाएको छ ।

    यसअघि बैंकले ३५ दिने सूचना निकाल्दा पनि कर्जा नतिरेकाले लिलाम बिक्री सम्बन्धित ७ दिने सूचना निकाले हो । लिलाम बिक्रीको बोलपत्रमा प्रस्ताव दिनका लागि बोलपत्र आवेदन फारम भरेर इच्छुकले प्रस्ताव पेश गर्न सक्ने छन् ।

    glob.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट