Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

व्यापारीलाई ३ दिनभित्र बक्यौता बुझाउन पशुपति विकास कोषको ताकेता

व्यापारीलाई ३ दिनभित्र बक्यौता बुझाउन पशुपति विकास कोषको ताकेता

  • काठमाडौँ । आफ्नो क्षेत्रभित्रका व्यापारीलाई बक्यौता बुझाउन पशुपति विकास कोषले ताकेता गरेको छ । कोषले पसलसँगै पार्किङ व्यवस्थापन गर्दै आएका व्यवसायीलाई बक्यौता बुझाउन सूचना जारी गरेको हो ।

    images
    images
    images

    सूचनाअनुसार ३ दिनभित्र बक्यौता नबुझाए कालोसूचीमा राखेर चल-अचल सम्पत्ति जफत गर्ने चेतावनी कोषले दिएको छ । भण्डारखाल, अमालकोट कचहरी, लामपोखरी चावहिल, सुमार्गी भवन क्षेत्रका पसल कवलहरूले बक्यौता तिरेका छैनन् । त्यस्तै कोषले भण्डारखाल, उमाकुण्ड र वनकालीस्थित बी ११ मा रहेका पार्किङ व्यवस्थापकले सम्झौता अनुसार रकम नतिरेको जनाएको छ । 

    यसअघि पनि जारी गरेको सूचनाअनुसार केहीले बक्यौता नतिरेपछि ३ दिनभित्र कोषको आय लेखा व्यवस्थापन शाखामा रकम बुझाउन चेतावनीसहित सूचना जारी गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij