Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आफुखुसी शुल्क नबढाउन इन्टरनेट कम्पनीलाई प्राधिकरणको निर्देशन

आफुखुसी शुल्क नबढाउन इन्टरनेट कम्पनीलाई प्राधिकरणको निर्देशन

  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफूखुसी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ ।

    images
    images
    images

    केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफूखुसी शुल्क वृद्धि गरेको गुनासो बढ्न थालेको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो । योसँगै अब इन्टरनेट सेवा प्रदायक कम्नीहरुले आफूखुसी शुल्क वृद्धि गर्न नपाउने भएका छन् ।

    पछिल्ला दिन केही सेवा प्रदायकले प्राधिकरणकै निर्देशन भन्दै सेवा शुल्क वृद्धि गरेका छन् । तर, प्राधिकरणले भने महशुल बढ्ने गरी कुनै पनि निर्णय र सूचना नभएको जनाएको छ । शुल्क/महसुलदर दूरसञ्चार ऐन अनुसार प्राधिकरणबाट स्वीकृति सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवा प्रदायकले महसुल बढाउन पाउँछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij