
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडाैं । जानकी फाइनान्स कम्पनी लिमिटेडको १ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। कम्पनीले दुईजना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
जसमा अशोककुमार जालानको नाममा रहेको ७५ हजार कित्ता र अशोककुमार साहको नाममा रहेको ५८ हजार कित्ता रहेका छन्। बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुमात्रै खरिद आवेदन दिन सक्नेछन्।
संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाई संस्थाको कम्पनी सचिव कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij