Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

भरतपुर महानगरद्वारा १ सय २६ छात्राहरुलाई साइकल वितरण

भरतपुर महानगरद्वारा १ सय २६ छात्राहरुलाई साइकल वितरण

  • काठमाडाैं । भरतपुरका १ सय २६ छात्राहरुलाई साइकल वितरण गरिएको छ । छात्राहरुलाई शिक्षाको पहुँच पुर्‍याउने उद्देश्यले ०७६ सालदेखि यो कार्यक्रम लागु गरिएको थियो ।

    images
    images
    images

    आइतबार एक कार्यक्रका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छात्राहरुलाई साईकल वितरण गरिन् । महानगरपालिकाले ६ वडाका १३ विद्यालयमा अध्ययन गर्ने विपन्न छात्राहरुलाई साईकल वितरण गरिएको महानगरपालिकाको सामाजिक विकास महाशाखाले जनाएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले महानगरपालिका प्रमुखमा महिला निर्वाचित भएसँगै महिलामैत्री महानगर बनाउन भरतपुर अस्पतालमा महिलालाई निःशुल्क ओपिडि टिकट, छोरी जीवन बीमा, छात्रासँग मेयरजस्ता धेरै कार्यक्रम सञ्चालनमा ल्याईएको बताइन् । 

    महानगरपालिकाले यस अघि २२ वटा वडाका विपन्न छात्रालाई साईकल वितरण गरिसकेको छ भने वडा नं २९ को विद्यालयलाई स्कुल बस प्रदान गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij