काठमाडौँ । गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगका उपाध्यक्षमा डा. कृष्ण देवकोटाले सपथ लिएका छन् ।
देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ गराएका हुन् । सरकारले गोरखा पालुङटार-३ घर भएका देवकोटालाई आइतबार आयोगको उपाध्यक्षमा पदमा नियुक्त गरेको थियो ।