
Apr 08 2025 | २०८१, चैत २६ गते
उदयपुर । उदयपुरमा १३ वर्षीया बालिका र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
भोजपुर आमचोक गाउँपालिका-१० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका-४ बर्खेडाँडा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका-३ बसाह बस्ने १८ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले ती बालिका र किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij