
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाैं । राष्ट्रियसभा सदस्य कमला पन्तले पाँच सय र एक हजारका नोटलाई प्रतिबन्ध गर्नुपर्ने माग गरेकी छन् । आज राष्ट्रियसभाको बैठकमा सरकारले हिजाे प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्द उनले यस्तो माग गरेकी हुन् ।
उनले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरू प्रतिबन्ध लगाउनुपर्ने बताइन् । उनले सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्न सक्ने काम मात्रै उल्लेख गर्न आग्रह गरिन् । उनले किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताइन् ।
सदस्य पन्तले मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले सधैँ नकारात्मक मात्रै किन गर्छ भन्ने कुराको खोजी गर्न आवश्यक रहेको बताइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij